यस कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तरगतका विभिन्न निकायहरुमा २०६९ देखि २०७५ आषाढ मसान्तसम्म पूर्व स्वीकृतिबाट दैनिक ज्यालादारीमा अविच्छिन्न रुपले काम गरिरहेका व्यक्तिहरुको हकमा हेड असिष्टेण्ट वा सो सरहको पदमा सम्बन्धित निकायको आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी अस्थायी दरबन्दी सिर्जना गरी करार सेवामा नियुक्ति दिन मिति २०७८।०३।१५ को १९४ औं कार्यकारी परिषदको वैठकमा निर्णय भएको हुँदा यस परीक्षा नियन्त्रण कार्यालय रामपूरमा कार्यरत व्यक्तिहरुले सेवा निरन्तरताको प्रमाणित कागजात, नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी सहितको दरखास्त यही २०७८।०६।१२ गते कार्यालय समयभित्र दर्ता गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।
Attachment: View